Connect with us
Kapilvast Forest

स्ववियु चुनावको तयारीमा त्रिवि, २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्दै

२०८१, २३ माघ बुधबारमा प्रकाशित

काठमाडौं  

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने भएको छ ।विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार आज साढे ११ बजे विद्यार्थी संगठनका अध्यक्षलाई छलफलका लागि बोलाइएको छ । विश्वविद्यालयले ५ चैतका लागि स्ववियु चुनावको मिति तोकेको छ । ‘आज विद्यार्थी संगठनका प्रतिनिधिलाई विश्वविद्यालयले छलफलका लागि बोलाएको छ,’ सदस्य सचिव अधिकारीले भने ।

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन हुने गरेको छ ।  स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu