Connect with us
Kapilvast Forest

शिवपुरमा प्रथम शिवशक्ति कप शुरु

२०८१, २३ माघ बुधबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका १ नम्बर वडा शिवपुरमा शिवशक्ति युवा क्लबको आयोजनामा प्रथम शिवशक्ति कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ ।

प्रतियोगितामा सिनियर र यु १५ गरी १८ टिम प्रतिस्पर्धामा उत्रिएका छन्, प्रतियोगिताको च्याम्पियन सिनियर टिमले नगद रु ५१ हजार १ सय ५५ र उपबिजेताले २५ हजार १ सय ५५ साथमा आकर्षक ट्रफि मेडल र प्रमाणपत्रप्राप्त गर्नेछ ।

प्रतियोगिताको आज एक औपचारिक समारोहका बिच नगर प्रमुख अजय थापाले उद्घाटन गर्नुभएको छ, खेल उद्घाटनमा शुभकामना मन्तव्य राख्दै नगरको साथ रहने बताउनुभयो भने शिवराज १ का वडा अध्यक्ष खिमबिक्रम केसीले प्रतियोगितामा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

खेल प्रत्येक दिन बिहान १० बजे र दिउसो २ बजे गरी दिनमा २ खेल सन्चालन हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम क्लबका अध्यक्ष दिपु बस्नेतको अध्यक्षता, नगर प्रमुखको प्रमुख आतिथ्यता, शिवराज १ का वडा अध्यक्षको विशिस्ट आतिथ्यता रहेको थियो भने बिभिन्न संघ संस्था, सामाजिक व्यक्तित्वहरूको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको कार्यक्रममा क्लबका उपाध्यक्ष लक्ष्मण रिमालले स्वागत मन्तब्य राख्नुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu