Connect with us
Kapilvast Forest

धादिङमा बस दुर्घटना, एकजनाको मृत्यु, २३ जना घाइते

२०८१, २८ माघ सोमबारमा प्रकाशित

धादिङ

धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ।  गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्‍याइएकामा उनको आइतबार राति नै उनको निधन भएको हो। दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र  ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu