Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८१, २८ माघ सोमबारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तुमा प्रहरीको सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वडा नं. २  कप्टैयाका ३२ वर्षीय जीवन थापा रहको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार उनीहरू हामी इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि. हौँ तपाईँको घर कोठा खानतलासी गर्नुपर्नेछ भन्दै एक स्थानीयको घरमा प्रवेश गरी खानतलासी गरी सत्र हजार लिई हिँडेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो । घिमिरे र थापालाई बाणगङ्गा नगरपालिका वडा न. २ राजपुरस्थित खेल मैदानमा फेला पारी पक्राउ गरिएको उहाँको भनाइ छ । पक्राउ परेका दुवै जनालाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu