गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु
गुल्मी
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका-७ वाग्ला बस्ने ८० वर्षीय इन्द्रलाल गिरी छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालका अनुसार गिरीले आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । मृतक गिरीको घर परिवारमा उनी र भाइमात्र रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।