Connect with us
Kapilvast Forest

डाक्टर सलिमद्वारा बालबालिकालाई ल्यापटप ब्याग वितरण

२०८१, २ फाल्गुन शुक्रबारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु-

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२, पडरियाका १ सय जना बालबालिका र युवाहरूलाई डाक्टर सलिमले ल्यापटप झोला वितरण गर्नुभएको छ ।

शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा झोला वितरण गरिएको डाक्टर सलिमले बताउनु भयो ।

मोटिभेसन फनेल प्रालीका संस्थापक अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर सलिमले आफ्नो जन्मथलोका बालबालिका र युवाहरूलाई शैक्षिक प्रोत्साहनका लागि झोला वितरण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँका बालबालिकाहरूलाई शिक्षामा थप प्रेरित गर्न र शैक्षिक सामग्री व्यवस्थित राख्न झोला वितरण गरिएको हो ।”

उक्त कार्यक्रममा डाक्टर सलिमको बहिनी मुकैशले पनि सहभागी भई झोला वितरणमा सहयोग गर्नुभएको थियो ।

दुवै जनाले मिलेर युवाहरूलाई प्रोत्साहन गर्ने यस प्रयासले स्थानीय तहमा सकारात्मक प्रभाव पारेको छ ।

स्थानीय बालबालिका र अभिभावकहरूले यो पहललाई स्वागत गर्दै डाक्टर सलिम र मुकैशप्रति आभार प्रकट गरेका छन ।

“झोला वितरणले बालबालिकालाई शिक्षामा थप सक्रिय बनाउने विश्वास लिएका छौं,” एक अभिभावकले प्रतिक्रिया दिनुभयो ।

डाक्टर सलिमले भविष्यमा पनि यस्ता सामाजिक कार्यमार्फत बालबालिका र युवाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu