Connect with us
Kapilvast Forest

अध्यादेशको विपक्षमा उभिएका महन्थ ठाकुर सत्तासाझेदार दलको बैठकमा

२०८१, ३ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं –

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सत्ता साझेदार दलहरुको बैठकमा सहभागी भउका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष शीर्ष नेतासहितको बैठकमा ठाकुरा पनि सहभागी भएका हुन् । अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी छन् ।

बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशलगायत विषयमा छलफल जारी छ । यसअघि शुक्रबार एमाले र कांग्रेसका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu