काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्दै आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
उनीबाट प्रहरीले ७६१.६६ ग्राम सुन बरामद गरेको छ । त्यसैगरी ३ किलो १ सय ग्राम अवैध चाँदी पनि बरामद भएको छ । उनीबाट ५ लाख १० हजार नगद पनि बरामद भएको छ ।विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर उनले बेच्ने गरेको प्रहरीको भनाइ छ । ‘विदेशबाट भन्सार छलेर ल्याइएका सुन किन्ने र गालेर बेच्ने गरेको पाइएको छ’ एक अनुसन्धान अधिकृतले भने ।