नेपाली विद्यार्थीको मृत्यु शंकास्पद,ओडिसामा तनाव नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
काठमाडौं-
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेको छ । कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै कलेजबाट निकालिएको एक विद्यार्थीले बताए ।
बी–आईटी चौथो वर्षका एक नेपाली विद्यार्थीले भने, ‘घटनाबारे छानबिन गर्न माग गर्दै नेपाली त्यहाँका अरु विद्यार्थीहरुले प्रदर्शन गरेका थियौं, प्रशासनले त्यसलाई दबाउन हामीलाई कलेजबाट निकालेको छ ।’
यो पनि हेर्नुहोस् –
