Connect with us
Kapilvast Forest

सशस्त्रका डिएसपी सिंहको रवैयाले गर्दा नागरिकलाई सास्ती

२०८१, ५ फाल्गुन सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार सिंहको रवैयाले गर्दा नेपालीहरु दुख तथा सास्ती भएको स्थानीयले आरोप लगाएका छन ।

भारतको सिमावर्ती बजार बढनीमा किनमेल तथा बजार गरेर फर्किने गरेका नेपाली नागरिकहरूलाई डिएसपी सिंहले दुःख दिने गरेको बताएका छन ।

डिएसपी सिंह र सशस्त्रको टोलीले घरायसी सामग्री खरिद गरेर फर्किँदै गरेकाहरूलाई अवैध रुपमा चेकपोष्ट खडा गरी दुःख दिने गरेको स्थानीयको आरोप रहेको छ ।

लिंकगेटं यात्रुगेट हुँदै इलाका प्रहरी कार्यालय कृष्णनगर आगाडी रहेको चेक पोइन्टमा समेत घरायसी सामाग्रीलाई कुनै पनि रोकावट हुदैन तर सशस्त्रले दुख दिएको आरोप रहेको छ ।

सशस्त्रले विद्युत प्राधिकरण कृष्णनगर अगाडि अवैध रूपमै चेक पोइन्ट राखेर नागरिकहरुलाई दुःख दिँदै आएको विजयनगर वडा नं ५ बाट बजार गर्न गएका राम खेलावन यादवले बताउनुभयो ।

त्यसैगरी बहादुरगंजका छोटकु रैदासले सामान्य पान टङ्कीका लागि सामान ल्याउँदा समेत सशस्त्र प्रहरीले पैसा मागेको आरोप लगाएका छन ।

यादव भन्छन् हामी सामान्य घरायसी सामग्री ल्याउँछौं तर सशस्त्रका डिएसपी साहबको टोलीले हामीलाई निकै दुःख दिनुभएको छ ।

स्थानीय भन्छन् दुई चार किलो चिनी, घरमा खानका लागि पान ल्याउँदा पनि सशस्त्रका सरहरुले निकै दुःख दिनुहुन्छ ।

सिमानाकामा रहेका केही तस्करहरूसँग मिलेर डीएसपी सिहंले मासिक रुपमा पैसा लिएर अवैध कारोबार गरी अवैध रकम लिएको स्थानीयले बताएका छन ।

शसस्त्र प्रहरीले देशैभरि घुमुवा प्रहरी हटाए पनि कृष्णनगरका डिएसपी अरुण कुमार सिंहले सशस्त्र प्रहरीका वरिष्ठ हवलदार टंक बहादुर थापालाई घुमुवा राखेर रकम असुलेको आरोप रहेको छ ।

डिएसपी सिंहले भारतबाट कानुनी रूपमै भन्सार गरिएका सामानहरू समेत जफत गर्दै पुनः भन्सार पठाउने गरेको व्यापारीहरूले बताएका छन् । जसका कारण व्यवसायीहरू आर्थिक रूपमा मर्कामा परेका छन ।

भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारी साधनहरूसँग १ सय रुपैयाँ भारु लिने गरेको पनि खुलेको छ ।
‘यूपी ५५ एटी ४०९०’ नम्बरका भारतीय ट्रक चालकले सशस्त्र प्रहरीको सेटिङमा सीमापार गर्नुपूर्व निश्चित रकम बुझाउनुपर्ने बताएका छन ।

कृष्णनगरको स्थानीय भन्छन् डीएसपी साहब आफ्नो डिउटी प्रती जिम्मेवार नभएर जिम गएर र बोडी बनाउनुभएको छ ।

सिमानाका क्षेत्रमा सुरक्षाको नाममा भइरहेको अवैध धन्दा रोक्न उच्च निकायले आवश्यक कारबाही गर्नुपर्ने स्थानीय व्यापारीहरू र सर्वसाधारणले माग गरेका छन ।

यता सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार सिंहले आफूले नागरिकहरूलाई दुःख नदिएको बताएका छन ।

डीएसपी सिंहले भन्नुभयो भन्सार छली ल्याएका सामानहरु हामीले जफत गरेर भन्सार बुझाएका छौं अस्तो अनर्गल किसिमको काम गरेका छैनौँ ।

घुमुवाको विषयमा डीएसपी सिंहले कुनै किसिमको सिभिल अथवा घुमुवा नखटाएको बताउनुभयो ।
उहाँले राज्यले भनेको काममा गरेर मात्रै आफ्नो बाँकी समयमा आफ्नो दैनिक एक्टिभिटी जिम जाने गरेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu