सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना
दाङ –
सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङकाे बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाकाे घुम्तीमा दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।दुर्घटनापछि घटनास्थलमा पुगेर प्रहरीले यात्रुहरूको उद्दार थालेको छ । अहिलेसम्म ७ जना घाइते यात्रुलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ ।
इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरकाे प्रहरी टाेली घटनास्थलमा खटिएको खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।