Connect with us
Kapilvast Forest

नेपालमा सञ्चालित एमसीसी परियोजना स्थगित

२०८१, ७ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौँ : नेपालमा सञ्चालित अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का परियोजनाहरू स्थगित भएको छ ।

मंगलवार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरू कार्यकारी आदेशअनुसार रोकिएको जानकारी गराएको छ ।

दोस्रोपटक अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएका कारण एमसीसीका परियोजना रोकिएका हुन् ।

नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ। नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।

यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu