स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, फागुन २७ मा उम्मेदवारी दर्ता
काठमाडौँ —त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामवली दाखिला सोही दिन हुने समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ गते सम्मको समय कायम गरिएको छ । २६ गते मनोनयपत्र वितरण गर्ने समितिले जनाएको छ ।
चैत्र ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनमा भाग लिन संघ, संगठन, समूह दर्ता गर्ने मिति फागुन १९ गतेलाई कायम गरिएको छ । फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ । देशभरका ६४ आंगिकसहित सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्नसक्नेछन् । २५ गते मददाता उपर दाबी विरोध र सोही दिन छानबिन गरी अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका छ ।