Connect with us
Kapilvast Forest

धादिङको थाक्रेमा ट्रक दुर्घटना

२०८१, १३ फाल्गुन मंगलवारमा प्रकाशित

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका -२ हुलाक डाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । खाद्यान्न बोकेर विरगञ्जबाट काठमाडाैंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३००२ ख १८६८ नम्बरको ट्रक दुर्घटना हुँदा दोलखा मेलुङ गाउँपालिका–६ का  ४५ वर्षीय रमेश श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

प्रहरी उपरीक्षक हमालका अनुसार ट्रक सडक भन्दा ३० मिटर तल खसेको छ । श्रेष्ठको टाउकोमा चोट लागेको छ । टाईम्स केयर अस्पताल महादेववेशीमा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj