‘जनतासँग माओवादी’ अभियानमा जोडिए महेन्द्र राय यादव
विराटनगर –
नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका छन् ।सुनसरीको बर्जु गाउँपालिका(१ शुक्रबारेबाट यादव माओवादीको तराई(मधेश केन्द्रित यो अभियानमा मिसिएका छन् ।
माओवादीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद जीवन आचार्यका अनुसार यादव अभियानका क्रममा प्रचण्डसँगै हिंड्नेछन् । बाबुराम भट्टराईबाट छुट्टिएका यादव नेतृत्वको नेसपा र माओवादीबीच पार्टी एकताका लागि छलफल हुँदै आएको छ ।