कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु
११ मंसिर,कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शिवराज नगरपालिका ६ स्थित पिपरी मा रहेको विजय श्री स्टिल प्राइभेट लिमिटेड मा कार्यरत सडवा निवासी वर्ष २२ का राज कुमार चौधरीको मृत्यु भएको हो । चौधरी लाई आज दिउँसो २ बजे कम्पनी कै काम गर्ने बेलामा करेन्ट लागेको हो ।
करेन्ट लागेर अचेत अवस्था मा रहेको उन्लाइ उपचारका लागि बुटवल लागिएता पनि उनको उपचारका क्रममा मा मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटा ले जानकारि दिएको छ ।
कम्पनीले मिर्तक का परिवार लाई रु , नौ लाख रुपैया दिने सम्झौता गरेको छ ।
शव पोस्ट माट्म पछि पारिवारिक स्रोतले बुझेको स्थानिय बासी घनश्याम क्रुमिले जानकारि दिनु भएको छ ।