Connect with us
Kapilvast Forest

रास्वपा कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

२०८१, १९ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा  को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् । आफ्नो निजी कामका लागि भन्दै जिम्मेवारीबाट बिदा लिएका झाले सोमबारबाट पुनः जिम्मेवारी लिएका हुन् ।‘म केही सप्ताहको अध्ययन बिदापश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता कार्यवाहकको जिम्मेवारीमा फर्किएको छु,’ प्रवक्ता झाले भनेका छन् ।उनले बिदा लिएपछि गत ३ माघदेखि ३० गतेसम्मका लागि पार्टी प्रवक्ताको जिम्मेवारी सह–प्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj