Connect with us
Kapilvast Forest

भारत र चीनबाट १६ करोडको रङ आयात, अधिकांश खपत होलीमा मात्र

२०८१, २९ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं–
साथीभाइ, इष्टमित्र र सहकर्मीहरूबीच एकापसमा रङ दलेर खुसी साटासाट गर्ने पर्व होली आज बिहीबार पहाडी भेगमा मानिसहरूले हर्षोल्लास साथ मनाइरहेका छन् । भोलि शुक्रबार भने तराई भेगमा होली मनाइने छ । होली रङहरूको पर्व भएकाले विभिन्न थरी रङविना होली कल्पना बाहिरको हुन्छ । होलीमा लाखौं किलो परिमाण बराबरको रङ प्रयोग हुने गरेको पाइन्छ ।

सरकारी तथ्यांक केलाएर हेर्दा चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना अवधिमा भारत र चीनबाट १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको रङ नेपाल भित्रिएको छ । यो भनेको १३ लाख ३९ हजार ५३ किलो बराबर परिमाण हो । भन्सार विभागको पछिल्लो तथ्यांक हेर्दा गत सात महिनामा दक्षिणी छिमेकी भारतबाट सबैभन्दा धेरै रङ आयात भएको दृखिन्छ । भारतबाट उक्त अवधिमा १५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको १३ लाख ३८ हजार २ सय ९२ किलो रङ आयात भएको देखिन्छ ।

नेपालमा भारतपछि उत्तरी छिमेकी चीनबाट धेरै रङ आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । चीनबाट पछिल्लो सात महिनामा १ लाख ५७ हजार रुपैयाँ बराबरको ७ सय ६१ किलो रङ आयात भएको छ ।