Connect with us
Kapilvast Forest

मायादेवीका निमित्त हाकिमको रवाफ: निजी सुविधाका लागि लाखौं खर्च गरेको आरोप

२०८१, २९ फाल्गुन बिहीबारमा प्रकाशित


न्युज सेन्टर नेपाल-

कपिलवस्तुको मायादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेलीले पालिकाको लाखौं रुपैयाँ निजी सुविधाका लागि दुरुपयोग गरेको स्थानीयले आरोप लगाएका छ्न । गाउँपालिकाको नेतृत्व सम्हालिरहेका तेलीले सरकारी नियम मिच्दै व्यक्तिगत फाइदाका लागि सार्वजनिक रकम खर्च गरिरहेका स्थानियक
आरोप छ ।

स्थानीयका अनुसार, तेलीले तौलिहवास्थित आफ्नै निजी घरमा एसी, फर्निचर, सोफा सेट तथा अन्य सजावटका सामग्री खरिद गरी यसको भुक्तानीका लागि गाउँपालिकामा बिल पेश गरेका छन् ।
सार्वजनिक सम्पत्तिको यस प्रकारको दुरुपयोगले स्थानीय तहमा आर्थिक अनियमितताको गम्भीर संकेत देखिएको छ ।

त्यति मात्र होइन तेलीले कार्यालय प्रयोजनका लागि नभई आफ्नो निजी सवारी साधनका लागि इन्धन खर्चसमेत पालिकाको खाताबाट तिरेका छन् ।
साथै, गाउँपालिकाको साधन तथा स्रोतको व्यापक दुरुपयोग भइरहेको भन्दै कर्मचारीहरूबीच समेत असन्तोष बढेको छ । तेलीको समाजिक सन्जालमा समेत आलोचना सुरु भएको छ ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत तेलीसँग प्रतिक्रिया लिन खोज्दा उनले कुनै पनि अनियमितता नगरेको दाबी गरे । तर, गाउँपालिकाका केही स्थानीयले भने अनुगमन र छानबिन हुनुपर्ने माग राखेका छन् ।

यस विषयमा स्थानीय जनप्रतिनिधिहरू, अनुगमन निकाय तथा सरोकारवालाले चासो देखाउन आवश्यक छ । यदि समयमै अनुसन्धान नभए, स्थानीय तहमा भ्रष्टाचार झन् मौलाउने देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj