Connect with us
Kapilvast Forest

चन्द्रागिरिमा पोखरीमा डुबेर बालिकाको मृत्यु

२०८१, २ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं –

चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो ।

पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj