Connect with us
Kapilvast Forest

सरकारमा जाने कुनै नीति नलिएका प्रचण्डको भनाई

२०८१, ३ चैत्र सोमबारमा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले सरकारमा जाने कुनै नीति नलिएको स्पष्ट पारेका छन्। राजावादीहरू सलबलाएपछि कांग्रेस, एमाले र माओवादीबीच राष्ट्रिय सरकार बन्ने चर्चा भइरहेका वेला उनले यस्तो बताएका हुन्। हिजो अस्तिदेखि सरकार बनाउनतिर लागे भन्ने चर्चा भइरहेको छ। ल अब कांग्रेस, एमाले र माअ‍ेवादी मिलेर सरकार बनाउने भए अरे भनेर सामाजिक संजालमा चर्चा र टेलिफोनमार्फत सोधखोज भइरहेको भन्ने छ तर म आज भन्छु कि हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ‚ लिँदैनौँ पनि।

देशमा संकट आइलाग्यो भने हामीले कसरी समाधान गर्ने भनेर हामी आफ्नो विचार त दिन्छौँ नै तर यही सरकारमा गएर हामी पनि त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन। औपचारिक कुरा भएको पनि छैन।  अन्य विषयमा कुरा हुन्छ गर्नु पनि पर्छ‚ टीआरसीलगायत विषयमा। तर सरकार बनाउने बारेमा हामी बिलकुल छैनौँ।  फेरि हामीले राम्रो गर्न खोज्दाखोज्दै, भ्रष्टाचारविरुद्ध अभियान अघि बढाउँदा बढाउँदै, सामाजिक न्यायको पक्षमा केही राम्रा शुरुवात गर्दागर्दै, आर्थिक संकटबाट देशलाई बचाउन अघि बढ्दाबढ्दै भ्रष्टाचारीलाई बचाउन यो सरकार बनेको हुनाले सरकारप्रति हाम्रो शुरुमा नै ठूलो विमति भएको छ।

भ्रष्टलाई रोक्ने पक्षमा हामी भयौँ, अहिलेको सरकार त्यसलाई बचाउने भएपछि अहिले हामीले सरकारको विषयमा मिलनविन्दु देखेका छैनौँ त्यसकारण यो भ्रम कसैलाई नरहोस् उनले भने । जसपा नेता राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले भ्रष्टाचारी जोगाउन बनेको सरकारसँग मिलनविन्दु नदेखेको बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj