Connect with us
Kapilvast Forest

तौलिहवाका २ बुद्ध मुर्तिको गरियो संरक्षण र सृुन्दरीकरण

२०८१, ३ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु –
प्राचिन बुद्धनगरी कपिलवस्तुको तौलिहवा बजारमा रहेका २ बुद्धु मुर्तिको कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले संरक्षण र सुन्दरीकरण गरेको छ । खुलारुपमा रहदै आएको प्रशासन चोक र आन्दोलन चोक नया टोल चोकमा रहेको बुद्धमुर्तिको संरक्षण र सुन्दरीकरण गरिएको हो ।

वडाध्यक्ष जाहिद खाले प्राचिन नगरीकारुपमा परिचित बुद्ध नगरीमा रहेका २ बुद्ध स्थलको तौलिहवाबासीको माग र चाहना अनुसार संरक्ष्ण र सुन्दरीकरण गरिएको बताए । खुलारुमा रहेका २ बुद्ध मुर्तिको तारबार, मुर्ति माथी छाता र टायल लगाएर सुन्दरीकरण गरिएको बताए । ती दुई बुद्ध मुर्ति खुला रहेकाले बेवारिसे जस्तो देखिएको थियो ।

जनताको माग अनुसार आफुले तौलिहवा बजारमा सुन्दरीकरण, सरसफाई लागयतमा ध्यान दिएको वडाध्यक्ष खाले बताए । स्थानीयबासी सिद्धार्थ शाक्यले वडाध्यक्षले आफुहरुको अनुरोध अनुसार बुद्ध मुर्तिको संरक्षण र सुन्दरीकरण गरेर राम्रो काम गरेको बताए । उनले प्राचिन नगरी तौलिहवालाई सबै मिलेर सुन्दर बनाउनु पर्ने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj