Connect with us
Kapilvast Forest

कांग्रेसको पदाधिकारी संयुक्त बैठक आज बस्दै

२०८१, ४ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ ।समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

‘राजसंस्था पक्षधरहरुको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरुको भूमिकाबारे छलफल हुने भनिएको छ,’ स्रोतले भन्यो ।बैठकमा सरकारका कामकारबाहीका विषयमा पनि छलफल हुने बताइएको छ ।