Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एसइईको पहिलो दिनमै ९१ जना विद्यार्थी अनुपस्थित

२०८१, ६ चैत्र बिहीबारमा प्रकाशित

डिला भुसाल कपिलवस्तु 

कपिलवस्तुमा बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रथम दिन ९१ विद्यार्थी अनुपस्थित रहेका  बताएको छ। अंग्रेजी विषयको पहिलो दिन नियमित र ग्रेड वृद्धि गरी ९१ अनुपस्थित रहेको शिक्षा तथा समन्वय इकाईकी प्राविधिक सहायक सिता घिमिरे  बताइन् ।

जिल्लाका एक सय ६७ विद्यालयका  सात हजार सात सय २२ नियमिततर्फ र तीन सय ७९ ग्रेड वृद्धि गरी कुल ८ हजार तीन सय १९ जना परीक्षामा उपस्थित रहेका थिए । जिल्लामा कुल नौ हजार चार सय ६१ जनाले परीक्षामा सहभागी हुने गरी तयारी गरिएको  बताइएको छ ।

जिल्लामा ३ जना दृष्टिविहीन र एक जना शारीरिक अपांगले समेत परीक्षा दिएको  घिमिरेले बताइन्। सूर्योदय मावि बरवामा , बाणगंगा मावि सिद्धिपुर बाणगंगा मावि लौगाईमा एक एक जना दृष्टिविहीन  र दुधाधारी मावि गुगौलीमा एक जना अपांग समेत परीक्षामा सामेल रहको बताएको छ।

परीक्षा शान्त र मर्यादितरुपमा भएको शिक्षा तथा समन्वय इकाई कपिलवस्तुका अधिकृत अर्जुन कुँवरले बताएका छन्। जिल्लाका ३४ वटै परीक्षा केन्द्रमा हेल्थ डेस्कको समेत खडा गरिएको  बताएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj