देशको परिस्थिति अत्यन्तै जटिल रहेको र के हुन्छ भन्न नसकिँने महराको भनाई
काठमाडौं –
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् । शनिबार दाङ–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशनलाई ललितपुरको गोदावरीमा सम्बोधन गर्ने क्रममा उनले अहिले देशमा राजावादी र दलहरूबीचमा द्वन्द्व चलिरहेको भन्दै यसलाई गम्भीर चुनौतीको रुपमा लिनुपर्ने बताए ।
उनले हिजोमात्रै राज्यको एउटा प्रमुख अंगका प्रमुखसँग कुरा गर्दा पनि अवस्था चुनौतीपूर्ण रहेको ब्रिफिङ पाएको जिकिर गरे । ‘परिस्थिति जटिल छ । निकै जटिल छ । अस्ति एयरपोर्टमा राजाको स्वागतका लागि जम्मा भएका मान्छेको ताँती देख्नुभयो । राजावादी र पार्टीहरूको बीचमा ठूलो द्वन्द्व छ,’ महराले भने, ‘मैले केही दिनअघि हिजोमात्रै राज्यको एउटा प्रमुख अंगको प्रमुखसँग कुरा गरेँ ।