Connect with us
Kapilvast Forest

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन : गृहमन्त्री लेखक

२०८१, ८ चैत्र शनिबारमा प्रकाशित

काठमाडौ –

गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ। नवलपरासीको गैँडाकोटमा आज आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताउनुभयो।

“मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्। बेराजगारी, आर्थिक शिक्षा, विकास पूर्वाधारमा समस्या छन्। सोचेअनुसार आर्थिक वृद्धि गर्न सकिएको छैन”, समस्या गृहमन्त्री लेखकले भन्नुभयो, “तर, नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइन। विभिन्न चुनौती र समस्याका बाबजुत धेरै काम भएका छन्। धेरै काम गर्ने प्रयत्न भइरहेको छ।”

उहाँले नेपालमा रहेका अपार सम्भावनाहरूलाई पहिचान गरी तिनको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लागेको छ। “समस्यालाई मात्रै हेरेर बस्ने हो भने समस्याको चाङले च्यापिन्छौँ तर सम्भावना हेरेर अगाडि बढ्यौँ भने विकासको गतिमा अगाडि बढ्न सक्छौँ, यसमा सबैको साझा प्रयास आवश्यक छ”, मन्त्री लेखकको भनाइ थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj