राष्ट्रिय मा वि चन्द्रौटाको अध्यक्षमा जगत पौडेल सर्वसम्मत चयन
पुनहरी घिमिरे कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ५चन्द्रौटमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगत प्रशाद पौडेल मनोनीत भएका छन् । विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले पौडेललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । यहीँ चैत ९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरु दुर्गवति चौंहान, राजकुमार थारु, दिलमाया सुनार र विष्णु भुसाल(विपना) ले पौडेललाई अध्यक्षको रुपमा सर्बसम्मत चयन गरेका हुन ।
पौडेल लामो समयदेखि समाजसेवी तथा शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षण प्रणाली विकासका लागि आफू प्रतिबद्ध रहने उनले बताएका छन् । बैठकमा विद्यालयका प्रधानाध्यापक, शिक्षक,अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नवनियुक्त अध्यक्ष पौडेलले विद्यार्थीको शैक्षिक उन्नति, शिक्षकहरूको क्षमता विकास तथा विद्यालयको समग्र सुधारका लागि सबै पक्षसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।