Connect with us
Kapilvast Forest

नबिल बैंकका सिईओ ले दिएर राजीनामा

२०८१, ११ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं –
नबिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् ।

गभर्नरको उम्मेदवार बन्नका लागि उनले राजीनामा दिएको स्रोतले जनाएको छ । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए । उनी सीए हुन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार मात्रै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । सोही समितिले गभर्नरका लागि मन्त्रिपरिषद बैठकमा नामहरू सिफारिस गर्नेछ । सिफारिसमा परेमा नाममध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्ति गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj