गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले आज प्रधानमन्त्री ओलिसंग भेटेर निमन्त्रणा दिएका थिए । उनले भने “सम्मेलनको तयारी तिब्र पारिएको छ, प्रधानमन्त्री आउने कुरा टुङ्गिएको छ । उहाँ उद्घाटनमा आउने आश्वासन दिनु भएको छ ।” सम्मेलनको तयारी तिव्र पारिएको जानकारी गराउँदै स्थानीय तथा राष्ट्रिय स्तरका व्यक्तित्वहरू, विद्वान्, अनुसन्धानकर्ता तथा पर्यटकहरूको उल्लेख्य सहभागिता रहने बताए । साथै, सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न छलफल, प्रस्तुति तथा कार्यपत्रहरू प्रस्तुत गरिनेछ।
प्रधानमन्त्रीको उपस्थितिसँगै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सरोकारवाला निकायका प्रमुखहरू तथा बुद्धिजीवीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनलाई प्रभावकारी बनाउन सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ भने स्थानीय समुदायलाई समेत तयारीमा सक्रिय रूपमा संलग्न गराइएको छ।
पाणिनी तपोभूमिलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सम्मेलनले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।