Connect with us
Kapilvast Forest

नवलपरासी बाट सुपा देउराली गर्न गएको बस दुर्घटना ४ जनाको मृत्यु २७ घाइते

२०८१, १२ चैत्र बुधबारमा प्रकाशित

अर्घाखाँची –

अर्घाखाँचीमा बस पल्टिँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको  शितगंगा नगरपालिका–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ। अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ। लु२ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो ।

बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची सुपा देउराली दर्शन गर्न आएको थियो । लु२ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । मृतकमध्ये तीन महिला र एक पुरुष रहेका छन् ।