विजयनगरमा लागुऔषध विरुद्ध प्रभातफेरी
(विजयनगर) कपिलवस्तु, १४ चैत्र ।
इलाका प्रहरी कार्यालय गणेशपुरले लागुऔषध विरुद्ध प्रभातफेरी कार्यक्रम सम्पन्न गरेकाे छ । लागुऔषधकाे दुरुपयोग र अवैध ओेसारपाेसार विरुद्ध विजयनगर गाउँपालिका -६ प्रेमनगरमा प्रहरीले उक्त कार्यक्रम गरेकाे हाे । समुदायमा प्रहरी साझेदारी, शान्तिपुर्ण एवम् सुरक्षित समाजको लागि लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्ध जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरिएको प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।
प्रहरीले १६ देखि ३६ वर्ष उमेर समूहका बढी लागू औषध सेवन लागेकाे भन्दै उनीहरूलाई जोगाउन अभियान कार्यक्रमलाई गरिएको बताए । उनलेे पछिल्लो समय लागूपदार्थ दुर्व्यसनी र ओसारपसारका घटनाहरु बढ्दै गएपछि सबैलाई सचेत हुन आग्रह गरे ।
प्रहरीले लागूपदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवन विरुद्ध प्रहरी परिचालन गरी कानुनी दायरामा ल्याउने, लागु औषध दुर्व्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गर्ने र बढी प्रभाव परेका क्षेत्र वा वर्ग लक्षित नियन्त्रणका उपायहरु अपनाउने, विभिन्न लक्षित वर्गहरुको लागि निरन्तर रुपमा प्रभावकारी तवरले लागु औषध विरुद्ध सचेतना अभिवृद्धि कार्यक्रमहरु गर्दै आएकाे छ ।
आम नागरिकलाई सचेत बनाई सक्रिय रुपमा सहभागी गराउँदै लागु औषध दुर्व्यसन र अपराधलाई निरुत्साहित पारी समाज र नागरिकहरुमा सुरक्षा अनुभूति बढाउने अभियानको मुख्य लक्ष्य रहेको प्रहरी निरीक्षक चन्दले बताए ।
कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी, समाजसेवी, व्यवसायी लगायतकाे सहभागीतामा प्लेकार्डमा विभिन्न नारासहित र्याली निकालिएको थियोे ।