पाप लाग्छ कामपालाई प्रशासकीय अधिकृत नपठाएकोमा : हर्क साम्पाङ
काठमाडौं-
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सरकारलाई काठमाडौं महानगरपालिकालाई किन प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रश्न गरेका छन्। उनले आज(बिहिबार) सामाजिक सञ्जालबाट छिटो प्रमुख प्रशासकीय अधिकृत नपठाए पाप लाग्ने पनि बताएका छन्।
उनले भनेका छन्,‘सुशासन खत्रा,काठमाडौंलाई प्रशासकीय अधिकृत किन नपठाएको सरकार ? कर्मचारीले तलब खान आएनन् रे, पाप लाग्छ है उनीहरूको बालबच्चाको।’
काठमाडौं महानगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा प्रशासनिक कामसँगै कर्मचारीहरूले तलब पाउन सकेका छैनन्। सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।
महानगरका प्रमुख बालेन शाहले गुरागाइँले त्रूटिपूर्ण कार्य गरेको दावीसहित प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा परियोजनालगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानूनी झन्झट पर्ने भन्दै हाजिर हुन दिएको छैन।