Connect with us
Kapilvast Forest

निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह

२०८१, १४ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं –

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निजी सम्पत्तिमा तोडफोड नगर्न आग्रह गरेका छन् ।तीनकुनेमा भएको प्रदर्शनका क्रममा निजी घरहरूमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उनले सामाजिक सञ्जालमार्फत तोडफोड नगर्न आग्रह गरेका हुन् ।

तीनकुनेको प्रदर्शन स्थलबाट निस्किएका उनले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोपसमेत लगाएका छन् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो । कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दुस्ख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, उनले भनेका छन् ।

प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षती पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj