समाजवादी मोर्चाका नेताद्वारा नेकपा एसको कार्यालय अनुगमन
काठमाडौं –
समाजवादी मोर्चाका नेताहरुले राजावादीहरूले आगजनी गरेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।मोर्चामा आवद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नकेपाका महासचिव विप्लव, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायतका नेताहरूले आलोकनगर पुगेर कार्यालयको अनुगमन गरेका हुन् ।
अनुमगनपछि नेताहरूबीच त्यहीँ छलफल भएको छ । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसिहतका नेताहरू सहभागी रहेका छन् । तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा उत्तेजित बनेका राजावादीहरूले शुक्रबार एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेका थिए ।