सत्तापक्ष र विपक्षीको चर्काचर्की, १५ मिनेटका लागि स्थगित
काठमाडौं-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो ।
बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए ।तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।