कपिलवस्तुको चन्द्रौटामा ईद मिलन कार्यक्रम हर्षोल्लासका साथ मनाईयो
कपिलवस्तु -पुन्हरी घिमिरे
कपिलवस्तुको चन्द्रौटामा ईद मिलन कार्यक्रम हर्षोल्लासका साथ मनाइएको छ । कार्यक्रममा मुस्लिम समुदायका साथै अन्य धर्मावलम्बीहरू समेत सहभागी भई आपसी सद्भाव र भाईचारा कायम गरेका छन । परम्परागत परिकार शुभकामना आदान-प्रदान सामाजिक एकता र मेलमिलापलाई मजबुत बनाउने र सबै समुदायबीच मित्रता कायम राखिएको छ । महाराजगञ्ज नगरपालिका नगरप्रमुख अब्दुल कलामको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका शहरी विकास मन्त्री सरोज कुमार थापा (रोज राणा) को प्रमुख अतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुन कुमार केसी, मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अर्सद बेगको अतिथ्यता लगायत स्थानीयको सहभागितामा इद मिलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम युवा समाजसेवी रहिस साह , अल्ताब खान,मौलाना नसिफ खान,आईए खान ,डाक्टर ओसिउल्लह , लगायतले कार्यक्रममा विशेष सहयोग गर्नुभएको थियो ।