भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले लुटेरा लखेट्ने बहादुर गार्डलाई दियो पाँचलाख पुरस्कार
काठमाडौ –
भाटभटेनी सुपरमार्केटले कोटेश्वर शाखाका सुरक्षागार्डलाई पुरस्कृत गरेको छ । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि सुपरमार्केटमा लुटपाट गर्न आएकाहरूलाई प्रतिकार गरेको भन्दै सुरक्षागार्डहरूलाई बुधबार पुरस्कृत गरेको हो।
भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा प्रदान गरेका थिए। पराजुलीले त्यसदिन गरेको प्रतिकारको भिडिओले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। त्यस्तै अन्य सुरक्षागार्डहरूलाई पनि भाटभटेनीले नगद पुरस्कार दिएको छ।
उक्त भाटभटेनीमा लुटपाट गर्नेहरू ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ। लुटपाट र तोडफोडबाट भाटभटेनीमा ८० लाख क्षति पुगेको जनाएको थियो।