Connect with us
Kapilvast Forest

धर्म र संस्कृतिको सम्मान अनिवार्य : प्रदेश प्रमुख मियाँ

२०८१, २३ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु –

सुदुरपश्चिम प्रदेशका प्रमुख नजीर मियाँले सबैले धर्म, संस्कृति अनुसार समावेश हुनुपर्ने बताएका छन् । उनले दीन दुनियाँका दुबै कुराहरूलाई लिएर अगाडी बढ्न आवश्यक रहेको बताए । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले आयाेजना गरेकाे सम्मान तथा अन्तरक्रिया कार्यक्रममा मियाँले यस्तो बताएका हुन् ।

“जुन राज्यमा हामी बसेका छाैँ, त्याे राज्यको धर्म, संस्कृति, चालचलनमा समावेश हुनुपर्छ । घुलमिल भएर अगाडी बढ्नुपर्छ । अन्यले पनि घुलमिल हुनुपर्छ” । मियाँले संविधान पढ्ने र आफ्नो अधिकार केे हाे ? भन्ने कुरा बुझ्नुपर्ने बताउँदै कानुनी बाटाे भएन भने अदालत जान सक्ने र अधिकार लिन सक्ने जिकिर गरे । धर्म-निरीपेक्ष देशमा छुवाछूत, भेदभाव मुक्त भएर समान र सामाजिक विकास हुनुुपर्ने  उनले बताए ।

संविधानमा भएका कुराहरू लागु हुनुपर्छ र त्यसकाे कार्यान्वयनका लागि पहल र मागमा लाग्ने मेराे जिम्मेवारी भएको भन्दै हक अधिकारका लागि लाग्ने उनले बताए । सबै समान भएको बताउँदै मानवीय विकास भएको उनलेे बताए । एमाले नेतृत्वकाे सरकारले जहिल्यै पनि विकासले फड्को मारेकाे मियाँले दावी गरे ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले स्थानीय सरकार आएपछि विजयनगरकाे पहिचान फेरिएको बताएका छन् । शिक्षा, स्वास्थ्य, पुर्वाधार लगायत क्षेत्रमा विकासले फड्को मारेकाे दावी गरे । उनले धार्मिक सहिष्णुता, समाजिक मेलमिलाप र भाइचाराकाे सम्बन्ध कायम भएको बताए । सबैकाे एकता र विश्वासले विकास भएको उनको भनाइ छ ।