Connect with us
Kapilvast Forest

कांग्रेस कार्यालयदेखि भाटभटेनीसम्म सुरक्षाकर्मी बढाइयो

२०८१, २५ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं-

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा गर्न लागेको प्रदर्शनलाई लक्षित गरी सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक हुँदा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयदेखि कोटेश्वरको भाटभटेनीसम्म आगजनी र तोडफोड भएकाले आज पार्टी कार्यालय, सरकारी कार्यालय र व्यापारिक केन्द्रहरुमा सुुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।बल्खुमै रहेको त्रिविको परीक्षा नियन्त्रण कार्यालय र आसपासका सरकारी संरचना अगाडि सुरक्षाकर्मीहरु उल्लेख्य संख्यामा परिचालित छन् ।ती क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली खटाइएको एक प्रहरी अधिकृतले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj