शिक्षक संघ लाई प्रधानमन्त्रीको जवाफ आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
बुटवल –
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेको भन्दै यसले समाधान नदिने बताएका छन् ।नेकपा एमालेले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेको प्रधानमन्त्रीले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरू सडकमा गएर प्रदर्शन गर्नु नपर्ने बताए ।
‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ ओलीले भने, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि हेर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन ।’ प्रधानमन्त्रीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने बताए । अस्थिरता दोहोरिन नदिन र देश बनाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको दावी गरेका ओलीले वर्तमान सरकार कसैले चाहँदैमा नढल्ने बताए ।