तीनकुने घटना : छानबिन समिति बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौँ –
कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गरी दोषीमाथि कानूनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।शुक्रवार सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई उक्त निर्देशन दिने निर्णय गरेको हो। समिति सभापति बिमला सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताइन्।
उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन्। उनले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताइन्।उनले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनु पर्ने बताइन्।
उनले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई निर्देशन दिएको बताइन्।