Connect with us
Kapilvast Forest

बलात्कार प्रकरणमा आरोपित अध्यक्ष चौधरीको अर्को लापरबाही, पीडितको गोपनियता भंग

२०८१, २८ चैत्र शुक्रबारमा प्रकाशित

राजनीतिक दवाबकै कारण फागुन २५ गते ईलाका प्रहरी कार्यालय,बुटवलमा दर्ता भएको मुद्धा प्रक्रिया रोकिएर पीडित बनेकी युवतीको सम्पूर्ण विवरण सार्वजनिक भएपछि उनी थप हिंसामा परेकी छन् । “मलाई न्याय दिनु त कहाँ हो कहाँ थप बदनाम गरिरहेका छन्” पीडित भैरहवा १५ ले भनिन् । आफूहरुको नाम सामाजिक सन्जालभरि आइरहेको र विभिन्न टिकाटिप्पणीले विक्षिप्त बनेको बताइन् । पीडितको गोपनीयता भंग भएपछि उनका बाबुले बिहिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी लिएर गएको बताएका थिए । “भैरहवाले जाहेरी लिन मानेन,कपिलवस्तु पठायो । कपिलवस्तुले पनि लिन नमान्दा शुक्रबार हुलाकमार्फत पठाएको छु” उनले भने । न्यायिक कानूनी लडाइँमा आफू र आफ्नी छोरीलाई विभिन्न धाकधम्की आइरहेको समेत उनले बताए ।“दोषीलाई सजाय र पीडितले न्याय पाइएन भने हामी घर छोडेर हिंड्नुपर्छ” उनले आँशु झार्दै भने ।

पीडित बालिकाका अधिवक्ता शैलेन्द्र अम्बेडकर सार्वजनिक पद धारण गरेका र अझ घटनामा आरोपी रहेका पालिका अध्यक्षले पीडितको विवरण सार्वजनिक गर्न नमिल्ने बताउँछन् । बलात्कार मामुछिएका पालिका अध्यक्ष चौधरी माथि पीडितको गोपनीयता भंग गरेको कसुरमा अर्को मुद्धा दर्ता गरिने पनि उनैले बताए । उनीमाथि फौजदारी कसुर संहिता २०७४ अनुसार धारा २२६,२२७ र २२८ अन्तर्गत १ बर्षसम्म कैद वा १० हजारसम्म जरिवाना हुन सक्छ ।

प्रहरीले समयमै मुद्धा अनुसन्धान प्रक्रिया अघि नबढाएको र आरोपीलाई अनुसन्धानको दायरामा नल्याउँदा आफूहरु थप असुरक्षित बन्दै गएको पीडित परिवारले बताएको छ । पीडकका आफन्तहरुले दिनहुँ मुद्धा फिर्ता लिन डर धाक धम्की दिइरहेको युवतीका बाबुले बताए । जाहेरी सनाखत गरेको १ महिना नाघिसके पनि प्रहरीले दुबै आरोपीलाई पक्राउ गरेको छैन । यता पीडक कमलेशशरण चौधरीले आफू सरकारी वकिल कार्यालयबाट मुद्धा नचल्ने गरी छुट्ने दाबी गर्दै हिंडेको पीडित युवतीको आरोप छ । यससम्बन्धमा पालिका अध्यक्ष कमलेशशरण चौधरीले आफूलाई राजनीतिक हतकण्डा लगाएर फसाउन खोजिएको आरोप लगाउँदै आएका छन् । पत्रकार सम्मेलनको क्रममा झुक्किएर नाम निस्किएको दाबी गर्दै आफू निर्दोष रहेको दाबीसमेत गरेका छन् ।

साभार:जनआस्था 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu