Connect with us
Kapilvast Forest

शिक्षकहरूका माग सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका दुईवटा विकल्प

२०८१, २९ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं –

आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुईवटा विकल्प प्रस्ताव गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक आन्दोलनबारे आफ्ना धारणा प्रस्तुत गर्दै महामन्त्री थापाले कानून नबनाएरै माग पूरा गर्न सकिने बताएका छन् ।नयाँ शैक्षिक सत्र नजिक आइसकेकोले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनु पर्ने विकल्प उनले दिएका छन् । शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।

‘मन्त्रिपरिषद्ले निर्णय गरेर केही माग सम्बोधन गर्न सकिन्छ । यसलाई आजै मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । कतिपय सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन् । यो कामलाई तत्काल गरौं ‘, उनले भनेका छन् ।शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा महामन्त्री थापाले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्ने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन् । यसले विश्वासको वातावरण बन्ने र विधेयक फास्टट्रयाकबाट पारित गर्नुपर्ने उनले बताए । विधेयकका विषयवस्तुबारे भने यसअघि नै सहमति भइसकेको उनले स्मरण गराएका छन् ।

नतिजा प्रकाशन गर्नुपर्ने र नयाँ शैक्षिक सत्र सुरु हुनेबेलामा शिक्षकहरु सडक आन्दोलनमा आउनु लज्जास्पद भएको बताउँदै थापाले तत्काल सरकारले यसको टुंगो लगाउनु पर्ने माग गरेका छन् । ‘चाँडोभन्दा चाँडो उहाँहरुलाई कक्षा कोठामा फिर्ता गराउनुपर्छ’, उनले भने, ‘यसले शैक्षिक सत्रलाई नराम्रोसँग प्रभावित गर्छ । खास गरी प्रधानमन्त्री र सरकारमा बसेका साथीहरुलाई अझ बढी जिम्मेवारी बोध गर्नुपर्छ ।’

उनले शिक्षकहरूलाई पनि अहिलेको समयको संवेदनशीलतालाई बुझ्दिन आग्रह गरेका छन् ।शिक्षकहरूले केही दिनदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu