Connect with us
Kapilvast Forest

शिक्षकहरूलाई मन्त्रिपरिषद्को आग्रह सडक संघर्ष छाडेर विद्यालय फर्किनुस्

२०८२, ३ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं –

सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालय फर्किन शिक्षकहरूसँग आग्रह गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै  एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिन शिक्षकहरूलाई आह्वान गरेको हो ।

शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकका मागप्रति गम्भीर रहेको भन्दै  विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को बजेट अधिवेशन  आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइन्। तर आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गरेर मात्रै प्रतिक्रिया दिने बताएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे छलफल गरेर मात्रै आधिकारिक धारणा तय गर्ने बताए।  उनले ऐन जारी गर्नुपर्ने र विगतमा भएका सम्झौता समेत कार्यान्वयन गर्नुपर्ने अडान कायमै रहेको प्रतिक्रिया दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu