Connect with us
Kapilvast Forest

रास्वपाले बिहीबार दिउँसो २ बजे बस्नेगरी बोलायो केन्द्रीय समिति बैठक

२०८२, ३ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यबाहक सभापति डीपी अर्यालले भोलि बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने बताइएको छ ।कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले बताए ।जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण लगायतका विषयमा विशेष रिपोर्टिङ हुने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu