Connect with us
Kapilvast Forest

गगन थापा भन्छन कांग्रेस ‘बा’को पार्टी होइन, यहाँ कोही भीम रावल बन्दैन

२०८२, ३ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी फरक मत र आलोचना गर्न पाइने बताएका छन् ।बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टीले गरेका कामको प्रचार आफैंले गर्नुपर्ने बताउँदै त्यो प्रयास भइरहेको पनि बताए ।सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट सुनिँदै आएका थापाले सरकारका कामको शैली परिवर्तनको परिवर्तन अपरिहार्य रहेको बताए ।

उनले सत्ता साझेदार दल नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै आफ्नो पार्टीमा प्रश्न गर्न पाउने जिकिर गरे ।‘प्रश्न पनि गर्नुपर्छ । कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ । यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । कसैले लिएर जाँदैन,’ थापाले भने, ‘कोही भीम रावल बन्दैन । किनकी यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।’साथै, उनले आफ्नो पार्टीका मन्त्रीहरूले गरेको कामको प्रचार आफैंबाट हुनुपर्ने जिकिर गरे ।‘हामीले गरेको कामको प्रचार हामीले गरेनौं भने फेरि अरु कसैले पनि गर्देन । हाम्रो साथीहरूले काम गर्ने प्रयासहरू गरिरहनुभएको छ,’ थापाले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu