Connect with us
Kapilvast Forest

यही जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : जगमान गुरुङ

२०८२, ६ बैशाख शनिबारमा प्रकाशित

 काठमाडौं –

राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन रु गणतन्त्र दिवस मनाउँछन् नि । यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ,’ उनले भने ।

उनले छिमेकी राष्ट्र भारतमा पनि नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कियो भनेर चर्चा भइरहेको उल्लेख पनि गरे ।‘ ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आयो भनिरहेका छन् । पूर्व सेनाध्यक्षको अन्तर्वार्ता छ्यापछ्याप्ती आएको छ,’ गुरुङले भने, ‘असम्भव छैन ।’ भारतमा अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको मुद्रदा पूजाकोठामा राखेर यन्त्रको रुपमा पूजापाठ हुने गरेको उनले सुनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu