Connect with us
Kapilvast Forest

रास्वपा लुम्बिनी प्रदेश सभापतिको राजतन्त्रबारे स्टाटस नहटाउने अडान

२०८२, ७ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटस नहटाउने अडान लिएका छन् ।रास्वपाका नेताहरूका अनुसार राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनेर एक जना केन्द्रीय पदाधिकारीले पाठकलाई फोन गरेका थिए । फोन संवादमा पाठकलाई राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनिएको थियो । तर, लुम्बिनी सभापति पाठकले आफूले आफ्नो धारणा लेखेको र नहटाउने जवाफ दिए । फोन संवादमा पाठकले दिएको जवाफ उद्धृत गर्दै ती नेताले भने, ‘मैले आफ्नो धारणा लेखेको हुँ । पार्टीको होइन । हटाउँदिन ।’

लुम्बिनी प्रदेश सभापति पाठकको स्टाटसले रास्वपाभित्र तरंग पैदा गरेको छ । पाठकले केही दिन अगाडि राजतन्त्रको विरासत छोरा वा छोरी जो भए पनि राजा विरेन्द्रको वंशभित्र रहनुपर्ने भनेर फेसबुकमा लेखेका थिए ।नेताहरूका अनुसार रास्वपा नेतृत्वले राजतन्त्रलाई हेर्ने पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक नगर्दा समस्या भएको छ ।पछिल्लो समय राजावादीहरूले आफ्ना गतिविधि अगाडि बढाइरहेका छन् । रास्वपाको नेतृत्व राजावादीको गतिविपधिप्रति मौन रहँदै आएको छ ।

रास्वपाकै नेताहरूका अनुसार पार्टी सभापति रवि लामिछाने कमजोर भएको आकलन गरेर कतिपय नेतारकार्यकर्ताहरू राजावादीको पक्षमा माहोल आउँछ कि भनेर त्यसतर्फ लाग्न थालेका छन् । लुम्बिनी प्रदेश सभापति पाठक पनि कांग्रेसमा अवसर नपाएर रास्वपामा लागेका नेता हुन् । उनी पूर्वशिक्षक हुन् । कांग्रेसमा क्षेत्रीय स्तरसम्मको राजनीति गरेका उनी रास्वपामा क्रियाशील छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu