Connect with us
Kapilvast Forest

निरंकुशता लाद्‌न गरिने काम आन्दोलन नभई अपराध रहेको प्रचण्डको भनाई

२०८२, ७ बैशाख आईतवारमा प्रकाशित

विराटनगर 

पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाही ल्याउन र निरंकुशता लाद्‌न गरिने काम आन्दोलन नभई अपराध भएको दावी गरेका छन्।विराटनगरमा हाम्रोमत दैनिक पत्रिकाको २२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।मुलुक निरंकुशतातिर जान नसक्ने उल्लेख गर्दै उनले प्रतिगामीहरूले दलहरूको  कमजोरी देखाएर खेल्न खोजेको बताए। प्रचण्डले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने चुनौती दिएकोप्रति उनले असन्तुष्टि प्रकट गर्दै भने‚ ‘राप्रपा सदनमा पनि छ तर निषेधित क्षेत्र तोड्छु भनेर भन्न मिल्दैन। त्यो नमिल्ने कुरा हो। त्यो सफल हुन्न।’

आइतबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने‚ ‘केलाई आन्दोलन भन्ने, केलाई क्रान्ति भन्ने? हामी अब यसको पनि साझा परिभाषामा पुग्नुपर्छ। लोकतन्त्र र गणतन्त्रका लागि हुने संघर्ष र आन्दोलन मात्रै आन्दोलन हुन्। तानाशाही ल्याउन, निरंकुशता लाद्न गरिने काम आन्दोलन होइन। त्यो अपराध हो।’अहिले पनि जनमत लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बारम्बार पुष्टि भएको उल्लेख गरे। उनले भने‚ ‘पार्टीहरूलाई केही न केही रोग लागेकै छ। पार्टीहरू हिजोको जस्तो फ्रेस छैनन्। अलिअलि रोगी भएकै छन्। यसको उपचार भनेकै हामीले आत्मसमीक्षा गर्नुपर्छ। गल्ती महसुस भएपछि बल्ल उपचार सुरु हुन्छ।’

उनले  मुलुकमा नयाँ आर्थिक क्रान्ति चाहिएको बताउँदै दाहालले हुलाकी राजमार्ग केन्द्रित पार्टीको अभियानले त्यस्तो क्रान्तिका लागि खजाना मिलेको दाबी गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu