Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीलाई गाली नगरी शिक्षकले आज सडकमै शोक मनाउने

२०८२, ८ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं –

आन्दोलनरत शिक्षकहरूले आज सडकमै शोक मनाउने भएको छ। घर फर्किने क्रममा सवारी दुर्घटनामा मृत्यु भएका एक शिक्षकको सम्झनामा आज सडकमै शोक मनाउन लागेको हो।मनाङको नार्फु गाउँपालिका-८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको दुर्घटमा ज्यान गएको थियो। उनको निधनमा महासंघले शोक सभा गर्न लागेको हो।

आन्दोलनको आज २० दिन पुगेको छ। महासंघले आज शोक मनाउँदै सडकमा नाचगान नगर्न सडकबाटै उर्दी जारी गरेको छ। शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षककालई उर्दी जारी गरेका छन्।

यस्तै उनले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई गालीगलौज नगर्न पनि शिक्षकलाई उर्दी जारी गरेका छन्। उनीहरुले बिहान ९ बजेदेखि नै सुरु गरिसकेका छन्।   शिक्षक सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको छ। माइतीघर-नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ।सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu